Posts

Showing posts from March, 2014

"दिल शोभा दिदि, जे भयो राम्रै नै भयो"

Image
"दिल शोभा दिदि, जे भयो राम्रै नै भयो" "किनकि मानिसको पुत्र त (परमेश्वरले) ठहराइएअनुसार जानैपर्छ, तर धिक्‍कार त्‍यस मानिसलाई (युहुदा इस्कियोरोती ), जसले उसलाई धोका दिन्‍छ।” - लुका २२ : २२, पबित्र बाइबल पहिलो पटक जब मैले उहाको नाम सुने, त्यहाँ मैले उहाको नाम संग जोडिएको आरोप लाई पनि देखे | खोइ के भन्नु धेरै, आज को दिनमा बिदेशी डलरलाई गोजीमा हालेर ढुकुटी भर्ने कम छैनन्, अनि मैले मन मनमै सोचे, ठिकै भयो होला | तर धन्यवाद हिजो आजको सामाजिक संजाललाई, उहाको बारेमा अरु कुरा थाहा पाउन धेरै समय लागेन | विजय कुमार ले दिशानिर्देशमा लिनु भएको अन्तर्वाता पनि हेरे | निक्कै भावुक थियो, साथमा उहाको बारेमा अरु जान्ने मौका पनि पाए, त्यहि पनि भन्न चाहन्छु, "जे भयो, राम्रै भयो, यी सबै को लागि धन्यवाद!" तपाई भन्नु होला, "यो केटा बौलायछ, के भन्दै छ यस्तो? हो, म फेरि पनि भन्दछु, जे भयो राम्रै नै भयो | काठमाडौँ भित्र मात्र धेरै अनाथलय छन्, धेरै ब्रिदाश्रम छन्, तर आज यी घरहरुमा छाप्रो पाउन त्यति सजिलो होला र? एक अनाथले छाप्रो पाउन कति गार्हो हुन्छ, त्य