"दिल शोभा दिदि, जे भयो राम्रै नै भयो"




"दिल शोभा दिदि, जे भयो राम्रै नै भयो"





"किनकि मानिसको पुत्र त (परमेश्वरले) ठहराइएअनुसार जानैपर्छ, तर धिक्‍कार त्‍यस मानिसलाई (युहुदा इस्कियोरोती ), जसले उसलाई धोका दिन्‍छ।” - लुका २२ : २२, पबित्र बाइबल

पहिलो पटक जब मैले उहाको नाम सुने, त्यहाँ मैले उहाको नाम संग जोडिएको आरोप लाई पनि देखे | खोइ के भन्नु धेरै, आज को दिनमा बिदेशी डलरलाई गोजीमा हालेर ढुकुटी भर्ने कम छैनन्, अनि मैले मन मनमै सोचे, ठिकै भयो होला | तर धन्यवाद हिजो आजको सामाजिक संजाललाई, उहाको बारेमा अरु कुरा थाहा पाउन धेरै समय लागेन | विजय कुमार ले दिशानिर्देशमा लिनु भएको अन्तर्वाता पनि हेरे | निक्कै भावुक थियो, साथमा उहाको बारेमा अरु जान्ने मौका पनि पाए, त्यहि पनि भन्न चाहन्छु, "जे भयो, राम्रै भयो, यी सबै को लागि धन्यवाद!"

तपाई भन्नु होला, "यो केटा बौलायछ, के भन्दै छ यस्तो?

हो, म फेरि पनि भन्दछु, जे भयो राम्रै नै भयो |

काठमाडौँ भित्र मात्र धेरै अनाथलय छन्, धेरै ब्रिदाश्रम छन्, तर आज यी घरहरुमा छाप्रो पाउन त्यति सजिलो होला र? एक अनाथले छाप्रो पाउन कति गार्हो हुन्छ, त्यो कसैले गएर सडकमा बसेको बालकलाई सोधोस | कसैको हेरचाह पाउदा कति मन रमाउछ, कसैले आफ्नै घरमा भएका हजुरबा अनि हजुरआमा हरु लाई सोधोस | यी सबै खुशी हरु बाडीहिड्ने ति दिदिलाई हामीले आज सम्म न सुनेको भए पनि यो दिनहरुमा त पक्कै सुन्यौ होला नि, हैन र? |

उहाले कुन कानुनी कुराको पालना गर्नु भयो या भएन, त्येसको बारेमा मा कुरा गर्न म चाहन्न | किनभने कानुनको आफ्नै अस्तित्व र मान छ, तै पनि एक आनाथ, साहारा बिहिन अनि हेरचाहा न पाएको मान्छे लाई आज यी नियम भन्दा गास, बास अनि कपास को धेरै जरुरत छ | घरमा ल्याउनु मात्र ठुलो कुरो होइन, यिनीहरुलाई जे जस्तो भए पनि खान दिई राख्नु ठुलो कुरा हो , तै पनि आज हामी "उहाले बाल-बालिकालाई पौसटिक र भरपेट खाना खान दिनु भएन" भनेर औला उठाउने?

यो सोध्न भन्दा अगाडी हामीले आफैले आफैलाई जाच्यौ होला र?

आफ्नो घटी कमिलाई बिर्सेर यी सबै दवित्यलाई पुरा गर्न अघि बढ्नु भएको दिल शोभा दिदिको बारेमा जति नराम्रो कुराहरु पढे, त्यो भन्दा दश गुना बढी कुरा हरु यहि बिगतका एक हप्तामा मैले पढी सके | धेरै लेखकको लेख पढे अनि फेसबुकमा धेरै साथीहरुले पोखेका विचारहरु पढ्न पाए अनि सबै भन्दा ठुलो कुरा, मैले उहाको बारेमा जान्ने मौका पाए | मानिसहरु सचेत छन् अनि सबै जना बुद्धिमानी छन्, साचो र गलत छुट्याउन सक्छन तसर्थ त्यो एक खराब लेखले कसैको केहि बिगार्न सक्छ र? अझ उहाको कामको बारेमा धेरैलाई थाहा भएको छ, साहेद धेरै जनाले प्रेरणा पाएका छन् | हुन सक्छ, आगामी दिनमा धेरै जना नेपालीहरु ले उहा हिड्नु भएको बाटोलाई पछ्याउने छन्, त्यसैले मैले भनेको,"जे भयो, राम्रै को लागि भयो अनि यी सबैकोलागि परमेश्वरलाई धन्यवाद" |

अनि हामीलाई जाच्ने त स्वर्गमा हुनुहुने इश्वर हुनुहुन्छ भने मानिसले नराम्रो भनेरनै के गर्छन र?

नेपाली समाजको लागि केहि गर्छु भन्ने भावना बोकेका म जस्तो शिक्षित युवक आज आफु संग नभएको धनको बिडमबना गर्दै आफैमा सगिरिएको छु, अनि साठ्ठी वर्ष को दिल शोभा दिदि भने यी सबैलाई न सोची यस्ता काम गर्दै हुनुहुन्छ | यी सबै क्षण हरु मा बाइबलले दिएको एक चुनौती मेरो हृदयमा स्मरण हुदछ | आज ति असाहरा अनि आपहेलितलाई मैले सहयोग न गरे अरु कोहि आएर गरि दिन्छ, किनभने यहाँ राम्रा मानिसहरु कमि पनि त छैन | तर हुन सक्छ त्यो मौका मेरो लागि पो थियो कि ? चाहे ति हाम्रो परिवारको हुन् या अरु कसैको परिवारको, इश्वरले कुनै न कुनै मध्यमबाट उनीहरु को पेट भरि दिनु हुन्छ, अरु धेरै दिल शोभा दिदि किन जन्मनु न परोस! तर यो प्रश्नले मेरो मन मा सधै नै पिरोली राखेको हुनेछ कि यी समय अनि मेरो निपुणतामा म कहाँ थिए? मैले आफ्नो दायित्व लाई छोप्न सक्छु तर इश्वरको काममा रोक हाल्न त कदापी सक्दिन |

नेपाल आफैमा गरिब राष्ट्र भए पनि हामी नेपाली गरिब त पक्कै पनि छैनौ | तर पनि आजको दिनमा रत्नपार्क देखि लिएर जोरपाटी सम्मको सडकमा अनाथ बालबालिकाहरु भरि रहेका हुन्छन | धेरै धर्मशालामा हाम्रा बाजे बज्युहरु हुनुहुन्छ | के भएर भएको होला यो सबै? अनि यी सबैलाई हुन दिने हाम्रो संस्कार कहाँ बाट आएको होला ? केहि थाहा छ भने भनि दिनु न! अनि नेपाली समाजलाई यी घटना हरु बाट मुक्त गराउनु के हामी सबैको कर्तब्य होइन र?

हामीले आफ्नो कर्तब्य पुरा न गरे पनि दिदि को बाटो मा ढुंगा हाल्ने काम न गरौ | यदि गर्यौ भने पनि, न बिर्स्यौ, यस्ता घटनाले उहाको काम अनि उहाको विचारहरु लाई अझ प्रचार गरि राख्ने छ, अनि बर्षात हुने छ, यस्तै समर्थन हरुको, जुन अरु समय मा शान्त भएको थियो | अनि यस्ता कुरा ले उहाको आट र विश्वासमा कमि हुदैनन्, बरु उहाको समर्थनलाई देखेर उहा कति धेरै खुशी हुनुहुन्छ होला | हरेक नया पुस्ताले दिदि को बारेमा जान्ने मौका पाएको हुनेछ अनि सत्य कहिले नि लुक्ने छैन भन्ने परम्परा कायमनै रहने छ |
विजय कुमार ले भन्नु भए झैँ, हामीले प्रायदिन मा गरेको भन्दै भिन्दै नमस्कार, हृदय भित्र को नमस्कार दिल शोभा दिदि लाई, अनि प्राथनाहरु | आशा गर्दछु, धेरै युवा पिडिहरु उहाको जीवनबाट केहि सिकेका छन् जसरी मैले सिकेको छु |

दिदिको कुरा त सबै नेपाली सामु फैलिनुनै थियो, तर धिक्कार त्यो समूहलाई जसले आफ्नो स्वार्थको लागि उहालाई प्रयोग गर्यो | दिदिले ति सबैलाई क्षमा दिनु भई सक्यो होला, अनि उहाले पनि यहि भन्दै हुहुहुन्छ होला, जे भयो राम्रै नै भयो!




यो लेख पढे पछि तपाइलाई राम्रो लग्यो भने, कृपया कमेन्ट गर्न अनि सेयर गर्न न बिर्सिनु होला | अनि प्राथना गरौ कि यो लेखले हाम्रो नेपाली समाजमा धार्मिकताको बाटो मा हिड्ने सबैलाई एक हौसला दिने छ | 'उहाको महिमा को लागि | उहाँलाई हेर्दै, उहाँलाईनै उचाल्दै

Comments

Popular posts from this blog

A nepali poem for my LORD

A Grammarly Review:- Will Grammarly improve your English Grammar?