यात्रा पुरा गर्नु छ

यात्रा पुरा गर्नु छ

नेपाली क्रिकेट ले हालै पाएको सफलताको लागि शुभकामना !



विस्वकप ट२० मा नेपाल छनोट भयो, ५० ओवर को लागि तयारी पनि राम्रै चल्दै छ, तर यी तयारी काफी न हुन सक्छन |
विस्वकप २०१५ को छनोट चरण को लागि नेपाल सजिलै ग्रुप मा परेको छ, त्यसैले छनोट चरण को सुपर सिक्स को यात्रा पनि सजिलै हुन सक्छ, तर त्यस अगाडी नेदरलेण्ड अनि अरु टिम हरु संग को म्याच ले हाम्रो यात्राहरुमा बाधा बन्न सक्छन.
नेपाली क्रिकेट टोलि ले आफ्नो जमिन मा अनि उपमहाद्वीपमा राम्रै प्रदशन गर्दै आएको छ, सबै खेलाडी ले राम्रो पनि खेलेका छन्, तर हाम्रो खेल अंग्रेजी मुलुक का टिम हरु संग त्यति राम्रो छैन.

यसैले मलाई लाग्छ कि, भारतको तेस्रो अनि तल्लो तहको टिम संग को म्याच अभ्यासलाई भन्दा अंग्रेजी खेलाडी हरु संग पनि म्याच अभ्याश गर्नु राम्रो हुन्छ. स्मरण रहोस, भारतीय टिम का पहिलो दर्जा का खेलाडी हरु पनि उपमहाद्वीप भन्दा बाहिरको पिचमा सजिलो संग खेल्न सक्दैनन्.

त्यसैले विस्वकप को छनोट चरण को अभ्यास म्याच बाहेक अरु म्याच हरु नेपाल ले खेल्नु जरुरत छ |
न्युजिलेंदमा अभ्यास म्याच सुरु हुनु एक हप्ता अघिनै गएर हावा पानि संग मेल खाई अभ्यास गर्नु जरुरत भएको म सम्झन्छु | क्यान ले न्युजिलेंद को स्थानीय टिम हरु संग पनि अभ्यास म्याच को बन्दोबस्त गरे देखि नेपाली टिम लाई ठुलो फाइदा हुन्थ्यो |

आशा छ, विस्वकप २०१५ मा हामी हरेक ले आफ्नै नेपाल लाई सपोर्ट गर्न सकियोस

आगामी यात्रा हरु को लागि पनि शुभकामना  

Comments

Popular posts from this blog

A nepali poem for my LORD

Youtube Roasts and Prank Videos Are Not Funny

A Grammarly Review:- Will Grammarly improve your English Grammar?