nepali- poem pariwartan

nepali- poem pariwartan

जीवन मेरो आज एक संगहर्ष हो,
यस संगहर्ष मा मलाई जीउन देऊ
मेरो जीवन हर पल तिम्रै लागी बितौना चाहन्छु,
यहाँ समयको महत्व मलाई बुझाईदेऊ
आज म आफैलाई तिमीमा समर्पण गर्न चाहन्छु,
बिन्ती प्रभु यो समर्पण स्वीकार गरिदेऊ
परिवर्तन भई आज म तिमीमा पहिरिन चाहन्छु,
हे प्रभु मेरो जीवनलाई छोई परिवर्तन गरि देऊ |

स्वर्ग पृथिवी अनि आकाशमा राज्य गरे झै
आफ्नो ईच्छा पुरा गर्न मलाई प्रयोग गरिदेऊ
मेरा अलिखित पुस्तकहरु सारालाई सुनाउना चाहन्छु,
यस पुस्तकका हरेक पानाहरू तिम्रो त्यों अनमोल रगतले लेखिदेऊ
जीवनका यी पुस्तकमा मानिस रामाएको हेर्न चाहन्छु
यस् पुस्तक रमाइलो बनाउना पबित्र आत्मा भरी देऊ
आदि अनादी अनि राजाहरुका राजा तिमिनै हौ,
स्वर्णरूपी स्फटिकद्वारा मेरो भबिष्य आज तिमी लेखि देऊ |

संसारमा रमाएर तिमीलाई बिश्वास नगर्ने एक अभुझ हु म
बिन्ती प्रभु उद्यंत पुत्रलाईझै मलाई स्वीकार गरिदेऊ
तिम्रो त्यों हराएको भेडा हु म, आज फर्कि आएको छु
बिन्ती प्रभु आज मेरो जीवनलाई एक खच्चर न बनाईदेऊ
संसारमा होइन आज तिमीमा रमाउन चाहन्छु म
हे प्रभु आज मुक्ति मलाई आशीष को रूपमा दिदेऊ
जीवनका अलिखित पुस्तक सारालाई सूनाउना चाहन्छु म
बिन्ती प्रभु यस पापीका यी भेटहरु स्वीकार गरिदेऊ।।

तिम्रा ति ज्ञानहरुमा आफैलाई निपुण बनाउन चाहन्छु म
हे प्रभु आजै मेरा यी नयनहरुलाई तिम्रो स्पर्श थाहा देऊ
आदि अनादी अनि राजाहरूका राजा तिमी नै हौ
बिन्ती आज मेरो हृदयमा बसी ममा राज्य गरिदेऊ।
ह्रदय को परिवर्तन संगै तिमीमा हराउन चाहन्छु म
बिन्ती प्रभु आज मलाई पबित्र आत्मामा रामाउने मौका देऊ
मोहित छू, यस अनंत जीवनको मह चाखन चाहन्छु म
ईशाई जीवनको नमूना बनाउन मलाई परिवर्तन गरिदेऊ ॥

.
suraj ghimire

Comments

  1. dherai ramro cha yo..pariwartan kaile hami lai aajai ramro agar prabhu hamro saath ma cha ta.. asha garchu timro life ma pariwartan hos ra timi le te sabai kura paos jisko temi kabil cha..
    as always ask GOD to give u wat u deserve not wat ur desires. as ur desires may b few but u dedeserve a lot more:)

    ReplyDelete

Post a Comment

Thank you for your feedback.

Popular posts from this blog

A nepali poem for my LORD

A Grammarly Review:- Will Grammarly improve your English Grammar?